Shree Madi Secondary School,Madi

श्री मादी माध्यमिक विद्यालय,मादी

NOTICE:

श्री मादी माध्यमिक मादी, संखुवासभा -"संक्षिप्त परिचय र नमूना विद्यालय गतिविधि"

विश्‍वनाथ सुवेदी
प्रधानाध्यापक
Published Date: 2025-05-23

ऐतिहासिक पृष्ठभूमि 

Oनामः    श्री मादी माध्यमिक विद्यालय मादी 

Oठेगानाः मादी नगरपालिका वडा नम्बर ५, सिद्धस्थान संखुवासभा जिल्ला, कोशी प्रदेश, नेपाल 

Oस्थापनाः प्राथमिक तह वि.सं. २००८/५/१२ गते। 

Oमिडिल स्कुलः वि.सं. २००९/३/११

Oहाइ स्कुलः वि.सं. २०१२/१२/१९

Oबाल विकास केन्द्र वि.सं. २०६३/४/३० 

Oउच्च माध्यमिक तहः वि.सं. २०६५/५/१२ 

विद्यालयको संक्षिप्त इतिहास 

Oविक्रम सम्वत् २००८ साल भाद्र १२ गते प्राथमिक तह स्वीकृत 

Oविक्रम सम्वत् २००९ साल असार ११ गते मिडिल स्कुल स्वीकृत 

Oविक्रम सम्वत् २०१३ साल चैत्र १९ गते हाईस्कुल स्वीकृत 

Oविक्रम सम्वत २०६३ साल श्रावण ३० गते बालविकास केन्द्रको स्थापना 

Oविक्रम सम्वत २०६५ साल भाद्र १२ गते उच्च माध्यमिक तहको सम्बन्धन प्राप्त (शिक्षा र व्यवस्थापन संकाय सञ्चालन)

Oविक्रम सम्वत २०६७ सालदेखि उच्च माध्यमिक तहमा विज्ञान संकाय सुरुवात 

Oविक्रम सम्वत् २०७६ देखि प्राविधिक धारतर्फ कक्षा ९-१२ कम्प्युटर इन्जिनियरिङ कक्षा सुरु

Oविक्रम सम्वत् २०७७ देखि शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट नमुना विकास विद्यालयमा छनौट

विद्यालयका संस्थापक सदस्यहरू

Oस्वर्गीय श्री अनन्तराम दाहाल, मादी रामबेनी १

Oस्वर्गीय श्री नन्दी शंकर दाहाल, मादी रामबेनी १

Oस्वर्गीय श्री जीवप्रसाद दाहाल, मादी रामबेनी १ 

Oस्वर्गीय श्री लीलानाथ दाहाल, मादी रामबेनी १

Oस्वर्गीय श्री चन्द्रलाल दाहाल, मादी रामबेनी १

Oस्वर्गीय श्री धर्मप्रसाद दाहाल, मादी रामबेनी १

Oस्वर्गीय श्री भीमप्रसाद दाहाल, मादी रामबेनी २ 

Oसंस्थापक प्रधानाध्यापकः श्री गोपाल प्रसाद श्रेष्ठ,धरान 


नमुना विद्यालय बनाउन हालसम्म गरिएका प्रयासहरू

  1. शिक्षकहरुलाई ल्यापटप वितरण गरी आइ. सि. टि. तालिम सञ्चालन
  2. कक्षा १–५ मा स्मार्ट टि.भि. जडान गरी शिक्षण क्रियाकलाप सञ्चालन
  3. कक्षा ६–१२ मा ५ थान स्मार्ट बोर्ड जडान गरी शिक्षण क्रियाकलाप सञ्चालन
  4. विज्ञान प्रयोगशाला स्थापना गरी प्रयोगमा रहेको
  5. गणित प्रयोगशाला स्थापना गरी प्रयोगमा रहेको
  6. कम्प्युटर प्रयोगशाला स्थापना गरी प्रयोगमा रहेको
  7. पुस्तकालय व्यवस्थापन
  8. विद्यालय नर्स कार्यक्रम सञ्चालन
  9. स्काउट दल गठन गरी सञ्चालन
  10. वेभ साइड निर्माण गरी सम्पूर्ण कार्यक्रम तथा सूचनाहरु वेभ साइड मार्फत जानकारी दिने गरेको
  11. शिक्षक आवासको व्यवस्था
  12. बार्षिक कार्यपात्रो निर्माण गरी सम्पुर्ण विद्यार्थीहरुलाई वितरण 
  13. विज्ञान प्रदर्शनी गर्ने गरिएको 
  14. कोचिङ कक्षा सञ्चालन
  15. मासिक, त्रैमासिक,अर्धवार्षिक र वार्षिक परीक्षा सञ्चालन, नतिजा विश्लेषण, अभिभावकलाई जानकारी तथा अगामी वर्षका लागी प्रक्षेपण गर्ने गरिएको
  16. विद्यार्थी नियमितताका लागि मासिकरुपमा बढी हाजिर हुने विद्यार्थीहरुलाई कक्षागत रुपमा पुरस्कृत गर्ने गरिएको 
  17. वार्षिक रुपमा सबैभन्दा बढी हाजिर हुने शिक्षकलाई पुरस्कृत गर्ने गरिएको 
  18. विद्यार्थीहरुको व्यक्तिगत फाइल खडा गरिएको 
  19. तहगत ईन्चार्ज÷प्राविधिक धार ईन्चार्ज तोकी जिम्मेवारी प्रदान गरिएको
  20. विद्यार्थीहरुलाई विदा दिने एकद्धार प्रणाली लागु गरिएको
  21. खालि कक्षा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको
  22. पटक पटक अभिभावक भेला गरी अन्तत्र्रिmया गर्ने गरिएको
  23. संस्थापक, जग्गादाता र चन्दादाताहरुको फोटो तथा ताम्रपत्रमा नाम लेखी व्यवस्थित गरिएको 
  24. विभिन्न महानुवभहरु बट स्थापना भएका अक्षयकोषहरु बाट शिक्षक÷ विद्यार्थीहरु पुरस्कृत गर्ने गरिएको 
  25. पिरीयड नै पिच्छे विद्यार्थीहरुको हाजिरी गर्ने गरिएको
  26. विद्यालय हाता हराभरा बनाउन प्रयत्न स्वरुप फूलबारी निर्माण तथा वृक्षरोपण गरिएको
  27. सुचना अधिकारी, गुनासो सुनुवाइ अधिकारी र सुझाब पेटिकाको व्यवस्था गरिएको 
  28. नमूना विद्यालयको भौतिक सुविधा विस्तार अन्तरगत भवन निर्माणाधिन रहेको
  29. विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन समिति गठन गरी जिम्मेवारी तोकिएको
  30. विभिन्न नमूना विद्यालय तथा भौगोलिक भ्रमण गर्ने गरिएको 
  31. विद्यालयहाता भित्र सि.सि. क्यामरा जडान गरिएको
  32. बाल कक्षा र कक्षा एक मा भुइँ बसाइको व्यवस्था तथा कक्षा एकमा कक्षा शिक्षणको व्यवस्था गरिएको
  33. वि.व्य.स तथा शि.अ.संघको बैठक पटक पटक गर्ने गरिएको 
  34. शैक्षिक सुधारका लागि इन्टरनेट जडान गरिएको