Shree Madi Secondary School,Madi

श्री मादी माध्यमिक विद्यालय,मादी

NOTICE:

मादी मावि हाम्रो गाथा

पदम प्रसाद दाहाल
पूर्व प्रधानाध्यापक
Published Date: 2025-06-07

मादी मावि हाम्रो गाथा (गीत)

--------------------------रचना:पदम दाहाल


मादी मावि हाम्रो गाथा गौरव गर्छौँ हामी

समयको साथ पा'छौँ सफल भा'छौँ हामी।

झुकाउँछौँ माथ-शिर संस्थापकलाई

आठ साल भदौ शुभ हर्ष हाइ हाइ ।


नन्दिशङ्कर,अनन्तराम,लीलानाथहरू

चन्द्रलाल,जीव,धर्मप्रसाद,भीम गुरु।

संस्थापना गर्ने उनै हाम्रो माविलाई

बिर्सिदैनौँ जन्मदाता कर्मशीललाई ।


झलमल्ल दीपज्योति ग्यान पाइरा'छौँ

देश पर्देश घुमी ठाउँमा पुगी काम पा'छौँ।

बाल विकास केन्द्र खोल्यौँ त्रिसठ्ठीको साल

एघार र बा-ह खोल्यौँ पैसठ्ठीको साल।


सत्सठ्ठीमा विग्यानतर्फ थपिएथ्यो क्लास

छैहत्तरमा प्राविधिक धार भयो खास।

भलाइमा लागिरा'छौँ यस्कै गीत गा'छौँ

जग्गादान,चन्दादान,वित्त-कोष पा'छौँ ।


स्वर्ण उत्सव भव्य भा'थ्यो सन्ताउन्न साल

हीरक उत्सव मनाउँदैछौँ बयासी यै साल।

सफल पारौँ मिली हामी उठोस् सान मान

धरोहर मादी मावि जय जय गान !!