Published Date: Tue Aug 19 2025 15:00:41 GMT+0000 (Coordinated Universal Time)
७५ ऑ वार्षिकोत्सव तथा हीरक महोत्सवमा उपस्थितिका लागि सादर निमन्त्रणा
यहिँ मिति २०८२ भाद्र ४ गतेदेखि १२ गतेसम्म यस विद्यालयकाे ७५ औँ वार्षिकाेत्सव निम्न लिखित कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निश्चय भएकाे हुनाले यस विद्यालयका सम्पूर्ण जग्गादाताज्यूहरू, सम्पूर्ण श्रेयस्कर चन्दादाताज्यूहरू, विशिष्ट चन्दादाताज्यूहरू, मानार्थ चन्दादाताज्यूहरू, संरक्षक चन्दादाताज्यूहरू र आजीवन चन्दादाताज्यूहरू एवं सम्पूर्ण अभिभावकज्यूहरू तथा यस विद्यालयका सबै शुभचिन्तक शिक्षाप्रेमी व्यक्तित्व तथा संघसस्थाहरूलाई यस विद्यालयकाे तर्फबाट वार्षिकाेत्सव समाराेहमा समुपस्थित भइदिनुहुन निमन्त्रणा–पत्र पठाइसकिएकाे छ । स्वदेश तथा विदेशमा रहनुहुने एवं मादी बाहिर रहनुहुने सम्पू्र्ण चन्दादाताहरूलाई निमन्त्रणापत्र हात लगाउन नसकिएकाेले यसै सूचनालाइ आधार मानि कार्यक्रममा समुपस्थित भइ वा शुभेच्छा प्रदान गरी वार्षिकाेत्सव समाराेहलाई सफल बनादिनुहुन सादर अनुराेध गर्दछाैँ ।
विश्वनाथ सुवेदी
प्रधानाध्यापक एवं सदस्य सचिव
मातृका प्रसाद दाहाल
(संयाेजक)
प्रचारप्रसार उपसमिति
श्री मादी माध्यमिक विद्यालय, मादी
मादी –०५, संखुवासभा